इनारमा खसेकी महिलाको जिवितै उद्धार


काठमाडौं – नेपाल सशस्त्र प्रहरी बलको टोलीले भक्तपुरमा इनारमा खसेकी एक महिलाको जिवितै उद्धार गरेको छ।

शनिबार दिउँसो ४ बजेर ५३ मिनेटमा मध्यपुर ठिमी नगरपालिका-६ पुरानो ठिमीको सुप्रिम स्कुल नजिकै मिलन प्रजापतीको घरको कम्पाउण्डमा रहेको इनारमा महिला खसेकी थिइन्।

इनारमा महिला खसेको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठ समेतको १५ जनाको उद्धार टोलीले दोलखाको गौरीशंकर गाउँपालिका–३ घर भएकी ३२ वर्षीया गीतादेवी बस्नेतको जिवितै उद्धार गरिएको हो।

माटोको गमला बनाउने काम गर्दै आएकी उनलाई नाइलनको डोरीको सहायताले सकुसल उद्धार गरिएको थियो। दाइने हातो कान्छी औंला छिनिएको र दुवै गालामा धस्रिएको तथा निधारमा चोट लागेको सशस्त्रले जनाएको छ। साथै अहिले उनको उपचार भइरहेको छ।

प्रतिक्रिया