

कर्णाली नदीमा डुबेर एक युवकको मृत्यु

टीकापुर – कैलालीको टीकापुर नगरपालिका-५ स्थित कर्णाली नदीको दौलतपुर घाटमा डुबेर एक युवकको ज्यान गएको छ। वडा नम्बर ५ प्रेमनगरका १७ वर्षीय अमृत चौधरीको कर्णाली नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी उद्धवसिंह भाटले साढे २ बजेतिर नुहाउने क्रममा डुबेका उनको शव दौतलपुर घाट छेउमा फेला पारिएको बताए।
गर्मी छल्न साथीसँगै नुहाउन कर्णाली नदीमा गएका उनको ज्यान गएको बताइएको छ। उनको टीकापुर अस्पतालमा पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ।

