पाल्पाबाटै लाइसेन्स नवीकरण शुरु, सेवाग्राहीलाई सहज


काठमाडाैं – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण पाल्पाबाटै थालिएको छ । यसअघि सो कार्य बुटवल लगायतका स्थानबाट हुने गरेको थियो । ​

सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर जिल्लाबाटै लाइसेन्स नवीकरणको व्यवस्था गरिएको यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनारले जानकारी दिए । कार्यालयले यही जेठ ४ गतेदेखि लाइसेन्स नवीकरणको काम थालेको हो ।

तानसेन नगरपालिका-७ बर्तुङ देवकोटा चोकस्थित कार्यालयबाट नवीकरणको काम थालिएको प्रमुख सुनारले बताए ।

प्रतिक्रिया