

आइतबार संसदमा ओलीले नीति तथा कार्यक्रममाथि धारणा राख्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
शनिबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुराको जानकारी गराएका हुन्।
सरकारले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलमार्फत प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुअघि ओलीले संसदमा आफ्नो धारणा राख्न लागेको बताए।
पार्टी संसदीय दलको तर्फबाट नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा राख्ने उनले बताएका छन्।
त्यसअघि शनिबार संसदीय दलको बैठक राखेर एमालेले नीति तथा कार्यक्रममाथि धारणा तय गर्न लागेको छ।

