संसद भवनमा एमाले संसदीय दलको बैठक


काठमाडौं – नेकपा एमालेको संसदीय दलको बैठक सुरु हुन लागेको छ ।

सरकारले हिजो प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा पार्टीको धारणा बनाउन लागि संसदीय दलको बैठक बोलाएको हो ।

संघीय संसद भवनको ल्होत्से हलमा सुरु हुन लागेको बैठकलाई संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। सो नीति तथा कार्यक्रममाथी भोली देखी संसदमा छलफल हुदैँछ ।

प्रतिक्रिया