नेपाललाई चलचित्र पर्यटनको रूपमा विकास र विस्तार गरिने


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको रूपमा विकास र बिस्तार गरिने बताएका छन् ।

सरकारले तयार पारेको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन ।

उनले नयाँ हिमाल आरोहणका लागि खुला गरिने जानकारी गराए । हिमाल आरोही तथा साहसिक पर्यटकको भरपर्दो उद्धारको व्यवस्था गरिने पनि बताए ।

साहसिक पर्यटनको नयाँ विद्याहरूको खोज गर्नुका साथै चलचित्र पर्यटनको विकास र विस्तार गरिने जानकारी गराए ।

यस्तै २०८० को दशकलाई नेपाल भ्रमण दशकको रूपमा र २०८५ लाई विशेष पर्यटन भ्रमण वर्षको रूपमा मनाइने जानकारी दिए ।

प्रतिक्रिया