

मञ्जु खाँण संसदमै !

काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको दायराभित्र रहेकी मञ्जु खाण संसदमा देखिएकी छिन् । भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा तानिएपछि केही दिनयता गुमनाम रहेकी उनी आज भने संसदको संयुक्त बैठकमा देखिएकी छिन् ।
पूर्व गृहमन्त्री एवं उनका श्रीमान् बालकृष्ण खाण वैशाख २७ गतेदेखि प्रहरी हिरासतमा छन्। खाँण हिरासतमा हुँदा पनि मञ्जु भने उनलाई भेट्न गएकी छैनन् । उनी आफैंँ यस प्रकरणमा मुछिएकी पात्र हुन्। सार्वजनिक भएको एउटा अडियोले उनको नाम शरणार्थी प्रकरणमा जोडिएको छ।
प्रहरीले उनलाई सम्पर्क गर्न प्रयास गरे पनि उनी उपलब्ध थिइनन्। कतिसम्म भने उनी फरार भएको र अस्ट्रेलिया पुगिसकेको पनि जनाइएको थियो ।
देश छोडेर गएको हल्ला चले पनि सांसद मञ्जु खाण आज नयाँ बानेश्वरस्थित संसद भवनमा देखिएकी छिन्।

