

मधेस प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति

काठमाडौं – मधेस प्रदेश सरकार आलोपालो सञ्चालन गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवासका बालुवाटारमा आज (शुक्रबार) बसेको प्रदेश पदाधिकारीसहित शीर्ष नेताहरूको बैठकले प्रदेश सरकार आलोपालो सञ्चालन गर्ने निर्णय गरेको हो ।
कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले दिएको जानकारीअनुसार आलोपालो सरकार सञ्चालन गर्ने, अहिले जसपाले सरकारलाई निरन्तरता दिने सहमति भएको हो । त्यसपश्चात् कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले सरकारको नेतृत्व पाउने सम्भावना रहेको उनले जानकारी दिए ।

