

मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं – मन्त्रिपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आज प्रस्तुत गरिने नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक बाेलाएका हुन् ।
१२ बजे बस्ने भनिए पनि केही ढिला गरी बैठक सुरू भएको हो ।
नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले आज ४ बजे संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दैछन्।

