झाँक्रीको पक्राउपछि प्रचण्डले भने, ‘लोकतन्त्रमाथि ताला लगाउने षडयन्त्र सुरु’


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले लोकतन्त्रमाथि ताला लगाउने षड्यन्त्र गरेको बताएका छन् ।

नेतृ रामकुमारी झाँक्रीको पक्राउपछि बोलेकै आधारमा लोकतन्त्रमाथि ताला लगाउने षड्यन्त्र भएको बताएका हुन् ।

मगर मुक्ति मोर्चाको राजधानीमा आयोजित कार्यक्रममा दाहालले भने, ‘गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा जसैगरी पक्राउ गर्नैपर्यो भन्ने थियो, हामीले हिजोदेखि रोक्ने प्रयास गर्यौ अहिलेसम्म ।’

उनले भने, ‘उत्पीडित जाति वर्गमाथि हमला गर्न खोजेको छन् । झाँक्रीजी त छुटिहालनुहुन्छ, तर लोकतन्त्रमाथि ताला लगाउने षड्यन्त्र भएको छ, यसका विरुद्ध तपाईहरुले पनि प्रस्ताव पारित गर्नुहोला, हामीले पनि गर्छौ । ’

 

प्रतिक्रिया