

शुक्रवारको नीति तथा कार्यक्रममा सांसदलाई औपचारिक पोसाक अनिवार्य

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने भएको छ ।
संघीय संसद्को दुवै सदनको दुवै बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने भएका छन् ।
सांसदहरूले ३ : ४५ बजे नै आफ्नो आसन ग्रहण गरिसक्नु पर्ने छ । सांसदले सोही दिन निर्धारण गरिएको औपचारिक पोसाक अनिवार्य रूपमा लगाउन सभामुख देवराज घिमिरेले आग्रह गरेका छन् ।

