
दरबार हत्याकाण्डको नयाँ सिराबाट छानबिन हुनुपर्छः प्रधानमन्त्री
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको बारेमा नयाँ सिराबाट छानबिन हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री दाहालले सांसद प्रभु शाहले सोधेको प्रश्नको उत्तर दिँदै विगतमा भएका विभत्स हत्याकाण्डको बारेमा नयाँ सिराबाट छानबिन हुनुपर्ने बताएका हुन् ।
उनले त्यसका साथै मदन आश्रित घटनाको पनि पुनः छानबिन हुनुपर्ने आफूले अनुभूत गरेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले अहिले सांसदहरुले सोधेको प्रश्न दिइरहेका छन् ।



कागजपत्र |
