क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप प्रमाणित भए म जेल जान तयार छुः प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गरेका छन् ।

यस विषयमा कसैले उजुरी गरेर छानबिन गरेर जेल जान तयार रहेको उनले घोषणा गरे । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सोधेको प्रश्नमा प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् ।

क्यानोन्टमेन्टमा रहेका लडाकुलाई दिएको रकमको सबैको रेकर्ड भएको दाबी गरे ।

राज्यबाट दिएको रकम अडिट भएर टुंगो लागेको विषय पटक पटक ल्याइएर राजनीतिकरण गर्न खोजेको आरोप उनले लगाए ।

२०४८ सालपछिका  भ्रष्टाचारका सबै मुद्दा छानबिन गर्न आफूहरू तयार रहेको उनले स्पष्ट पारे ।

तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले समेत रुजु गरेका थिए ।

प्रतिक्रिया