


प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सांसद धेरै भएपछि नियमावलीको नियम ‘निलम्बन’

काठमाडौँ- प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने सांसद संख्या धेरै भएपछि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ५६ को उपनियम ५ एकदिनका लागि निलम्बन गरिएको छ ।
सो उपनियममा प्रधानमन्त्रीलाई एक दिनको बैठकमा बढीमा १५ जनाले मात्र प्रश्न सोध्न पाउने व्यवस्था रहेकोले विशेष परिस्थिका कारण आजको एउटा बैठकका लागि मात्रै प्रतिनिधि सभाले सो नियम निलम्बन गरेको हो ।

