सुनको मूल्य घट्यो, चाँदीको स्थिर


काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर तोलाको १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलाको १ लाख १० हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन तोलाको १ लाख नौ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया