नक्कली भुटानी शरणार्थी प्रकरण: आज काठमाडौंमा प्रदर्शन गर्दै एकीकृत समाजवादी


काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणको बिषयमा नेकपा एकीकृत समाजवादीले आज बिरोध प्रदर्शन गर्ने भएको छ ।

पार्टीका उपमहाचिव तथा प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिँउसो ३ बजे माइतिघर मण्डलामा सो प्रदर्शन गर्न लागिएको हो ।

बुधबार पार्टीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिक्रिया