कर्मचारीलाई मन्त्री ज्वालाको चेतावनी – गलत गर्ने छाड्दिनँ


काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफू नयाँ योजनाहरु थप गर्ने पक्षमा नरहेको बताएका छन् ।

आफ्नो मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटको सिलिङ ५५ अर्र्ब घटेकाले नयाँ योजनाहरु थप गरेर अघि बढन सकिने अवस्था समेत नरहेको उनको प्रष्टिकरण थियो । बुधबार अपरान्ह सिंहदरबारस्थित आफ्नै कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गरी उनले मुलुक आर्थिक रुपमा संकटमा भएकाले पनि नयाँ योजनाहरु थप गर्न नसकिने तर्क समेत गरे ।

उनले योजना तय गर्ने विषयमा मन्त्री तथा सांसदहरुको दवावमा आफू नपर्ने पनि बताउनु भयो । त्यस अवसरमा मन्त्री ज्वालाले गलत काम गर्ने कर्मचारीहरुलाई आफूले नछोड्ने चेतावनी दिए ।

प्रतिक्रिया