
राप्रपाको केन्द्रीय समिति बैठक : सरकारी कर्मचारी संगठन नबनाउने, विद्यार्थी संगठन गैरराजनीतिक बनाउने निर्णय
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारी कर्मचारीको संगठन नबनाउने निर्णय गरेको छ ।
जेठ १ देखि ३ दिनसम्म बसेको राप्रपाको केन्द्रीय समिति बैठकले विद्यार्थी संगठनलाई गैरराजनीतिक बनाउने निर्णय गरेको प्रवक्ता सगुर सुन्दर लावतीले जानकारी दिए ।
‘राप्रपाले सरकारी वेतनधारी कर्मचारीको संगठन नबनाउने निर्णय गरेको छ’, उनले भने,‘विद्यार्थी संगठनलाई गैरराजनीतिक बनाउने निर्णय पनि भएको छ ।’



कागजपत्र |
