सर्वोच्चको फैसला स्वीकार गर्नुको विकल्प छैन : रेशम चौधरी


काठमाडौँ -टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् ।

सर्वोच्चले मङ्गलवार मात्र रेशमलाई जन्मकैद गर्ने उच्च अदालत, दिपायलको फैसला सदर गरेको थियो । यसबारे आफ्नो धारणा सार्वजनिक गर्दै रेसमले फैसलाले आफ्ना लागि न्यायिक नभए पनि स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् ।

न्यायालयप्रति आफ्नो भरोसा रहेको भन्दै उनले फैसलालाई लिएर अनर्गल प्रचार नगर्न सबैलाई आग्रह गरेका छन् । कारागारमा ‘धरातल’ नामको पुस्तक लेखिरहेको र छिट्टै आउने समेत उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया