रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगिन् रञ्जिता


काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेकी छन् ।

सरकारको नीति तथा कार्यक्रमका बारेमा छलफलका लागि बोलाइएको सत्ता गठबन्धनको बैठक चलिरहेको बेला उनी डिल्लीबजार पुगेकी हुन् ।

टीकापुर घटनामा सर्वोच्च अदालतले रेशमलाई मंगलबार जन्मकैदको फैसला सदर गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ।

यसअघि मंगलबार दिउँसो पनि प्रधानमन्त्री प्रचण्डले १० दलीय सत्ता गठबन्धनको बैठक राखेका थिए।

प्रतिक्रिया