भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको बयान सकियो, कसुर अस्वीकार


काठमाडौँ – भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको बयान पूरा भएको छ ।

मंगलबार राति १० बजे बयान पूरा भएको जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकृतले बताए ।

सोमबार (जेठ १) मा पनि सरकारी वकिलको रोहबरमा प्रहरीले उनलाई बयान गराएको थियो । तर, ५ वटा प्रश्नको उत्तर दिएपछि खाणले बयान गर्न अस्वीकार गरेपछि भोलिपल्ट पुनः बयान लिइएको हो ।

शरणार्थीको नाममा ठगेको घटनामा खाणले इन्कारी बयान दिएका छन् । ‘बयानमा उहाँले आफ्नो कसुर अस्वीकार गर्नुभएको छ’ अनुसन्धानमा संलग्न एक जना अधिकृतले भने, ‘विभिन्न कोणबाट उहाँसँग दिनभर बयान लिएका थियौँ ।’

ठगीमा संलग्न मध्येका आरोपी पूर्व सभासद् आङटावा शेर्पाको बयान बाँकी छ । नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका शेर्पाको बयान बुधवार गराउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया