
पूर्वराष्ट्रपति विद्यादेवीले गरिन् मदन भण्डारीको सालिकमा माल्यार्पण
काठमाडौं – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छन् ।
बुधबार बिहान साढे सात बजे मदन भण्डारी स्मृति वाटिका महादेवस्थान, कोटेश्वर पुगेर उनले भण्डारीको सालिकमा माल्यार्पण गरेकी हुन् ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।
रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएको छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् ।



कागजपत्र |
