टिकापुर घटनाका दुई प्रतिवादीले पाए सफाइ, एक जनाको २ वर्ष कैद कटौती


काठमाडौं – २०७२ सालमा कैलालीको टिकापुरमा भएको हत्याकाण्डमा प्रतिवादीमध्येका दुई जनाले सफाइ पाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले दुई जना सिताराम चौधरी र गंगाराम चौधरीलाई सफाइ पाउने फैसला गरेको हो ।

सर्वोच्चले अन्य मुद्दा वा कारणबाट उनीहरुलाई थुनामा राख्न नपर्ने भए थुनामुक्त गर्न सम्बन्धित कारागार शाखा र कैलाली जिल्ला अदालतमा लेखिपठाउन आदेश दिएको छ ।

यस्तै यसअघि उच्च अदालतबाट पाँच वर्ष कैद सजाय भएका लक्ष्मण थारुको हकमा ३ वर्ष कैद हुने अदालतले ठहर गरेको छ । यो प्रकरणमा मुछिएका अन्यको हकमा भने उच्च अदालतको फैसलालाई सर्वोच्चले सदर गरेको छ ।

 

प्रतिक्रिया