

मन्त्री ज्वाला भन्छन् – विकासमैत्री खरिद ऐन नबनाएसम्म निर्माणले गति लिन सक्दैन

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन विकासमैत्री र कानूनहरु विकासमैत्री नबनाएसम्म विकास निर्माणले गति लिन नसक्ने बताएका छन् । दबाबको बीचमा बजेट निमार्णको काम गर्नुपरेको उनले बताएका छन् ।
मंगलवार कानून समितिमा भएको बैठकमा मन्त्री ज्वालाले प्रक्रियागत समस्याका कारण विकास निर्माणका काममा धेरै कठिनाई भोग्नु परेको बताए । खर्च नहुने स्थानमा धेरै रकम राख्ने, खर्च हुने स्थानमा थोरै रकम राख्ने अवस्थाले समस्या निम्त्याएको बताउँदै उनले यो अवस्थाबाट माथि उठ्न समितिको सहयोग आवश्यक भएको बताए ।
मन्त्री ज्वालाले यातायात र पूर्वाधार क्षेत्र कसरी सुधार गर्ने भन्ने विषयमा कार्यदल बनाएर काम अघि बढेको भन्दै संसद र समितिको निर्देशन अनुसार जनताका पक्षमा विभिन्न विकास निमार्णका र पूर्वाधारका कामहरु गर्ने प्रविद्धता पनि जनाएका छन् । उनले भवन बनाउनु पर्ने, नयाँ आयोजना बनाउनु पर्ने र मन्त्रालयमा आएका समस्याहरुको पनि समाधान गर्नुपर्ने हुदाँ दबाबको बीचमा काम गर्नुपर्ने बाध्यता रहेको पनि उल्लेख गरे ।

