सरकारी वकिलको कार्यालयमा बालकृष्ण खाँणको बयान जारी


काठमाडौं – जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जारी छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका खाँणको बयान सोमबारबाट सुरु भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका एक जना उपन्यायाधिवक्ता र जिल्ला प्रहरी परिसर, काठमाडौंका मुद्दाका शाखाका डीएसपी निरञ्जनदत्त भट्टको उपस्थितिमा उनको बयान भइरहेको हो ।

सरकारी वकिलको कार्यालयले खाँणको बयान सोमबारै सक्ने तयारी गरेको भएपनि केही प्रश्न सोधिएपछि आजलाई भयो भन्दे उतर दिन नमानेपछि आज वयान लिन थालेको हो ।

प्रतिक्रिया