विजयोत्सव भावमा रायमाझीः हात हल्लाउँदै, हाँस्दै अदालत पसे टोपबहादुर


काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाइ जिल्ला अदालत काठमाडौं लगिएको छ ।

शनिवार साँझ पक्राउ परेका रायमाझीलाई आज सोरहखुट्टे प्रहरी चौकीको हिरासतवाट साेमवार जिल्ला अदालत लगिएको हो । उनी माथी थप अनुसन्धान गर्नका लागि तीन दिनको समय माग गरिएकाे छ ।

प्रहरी भ्यानमा आएका रायमाझी उपस्थित मिडियाकर्मीलाई हात हल्लाउँदै जिल्ला अदालत प्रवेश गरेका थिए । उनी हाँस्दै र हात हल्याउँदै अदालत भित्र पसेका हुन ।

प्रतिक्रिया