‘शरणार्थी प्रकरण’बारे सरकारले सदनलाई जानकारी गराओस् : गैरे


काठमाडाैं – नेकपा (एमाले)का सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सदनलाई जानकारी गराउन रुलिङको माग गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै गैरेले अहिलेसम्म सरकारले यसबारे केही जानकारी नगराएको भन्दै सभामुखले रूलिङ गर्नुपर्ने बताएका हुन्।

‘प्रतिनिधि सभाको २६ र २७ गतेको बैठकमा सभामुखले नक्कली शरणार्थी प्रकरणबारे जानकारी गराउन सरकारलाई रूलिङ पनि गर्नुभएको थियो,’ गैरेले भने, ‘तर आजको कार्यसूचीमा पनि सरकारले यसबारे जानकारी गराउने विषय देखिनँ।’

यस्तो अपराधजन्य विषयमा सरकारले सार्वभौम सदनलाई अविलम्ब जानकारी गराउनुपर्ने उनको धारणा थियो।

प्रतिक्रिया