उत्तर कोरियाली बन्दीको नारकीय जीवन


प्योङयाङ(एजेन्सी)– उत्तर कोरियाली तानाशाह किम जोंग उनले जेल गर्ने क्रुरताले हद पार गर्दै गएको छ । एक मानवअधिकार समूहले किम जोंग उनको प्रशासन सुनुवाईले पूर्व बन्दीलाई राख्नका लागि बनाइएको जेलमा कैदीहरुका साथ पशुभन्दा पनि खराब व्यवहार गर्ने गरेको खुलासा गरेको छ । एक कैदीलाई १६ घण्टासम्मै खुट्टा बंग्याएर बस्न बाध्य पारिएको समूहको दाबी छ । उनीहरुका अनुसार महिला कैदीलाई बलात्कार पनि गरिन्छ ।

अमेरिकास्थित संस्था ह््युमन राइट वाचले उत्तरु कोरियाको जेलमा बन्दी जीवन बिताएका कैयौं मानिसहरुसँगको अन्तरक्रियाका आधारमा एक रिपोर्ट तयार पारेको थियो । जस अनुसार जेलमा अमानवीय व्यवहार र घटीया सुविधाहरु हुने रिपोर्टमा उल्लेख छ । यी बन्दीहरुका अनुसार जेलभित्र बन्दीलाई अन्यन्त प्रताडित गरिन्छ ।

एक प्रहरी अधिकारीका अनुसार ट्रायल भन्दा अघि हिरासतमा राखिएका कैदीलाई लौरोले कुट्ने गरिन्छ । नियम अनुसार यस्ता कैदीलाई शुरुवाती समयमा कुट्न मिल्दैन । तर कैदीलाई फर्समा बस्न, झुक्न या खुट्टा मोडेर उभिनका लागि बाध्य बनाइन्छ । यस्तो क्रियाकलाप कैयौं पटक १६ घण्टासम्म गर्न लगाइन्छ ।

ती अधिकारीहरुका अनुसार कैदीहरुलाई, हात, डण्डा र पेटीले कुट्ने गरिन्छ । कैयौं पटक कैदीलाई जेलको मैदानमा १ हजार पटक चक्कर लगाउन सजाय पनि दिइन्छ । पूर्व कैदी पार्क जी चेओलले यदी कोही बन्दी विना अनुमति आफ्नो सेलबाट भित्र गयो भने उसको हात बाँधेर अन्य कैदीहरुसँग माथि जान भनिन्छ ।

एक महिला बन्दीले जेल भित्र महिला बन्दीहरुलाई यौन उत्पीडन गर्नु सामान्य कुरा रहेको बताइन् । सन् २०१५ मा उत्तर कोरियाबाट भागेकी एक महिलाले उनलाई सोधपुछ गर्ने अधिकारीले डिटेन्सन सेन्टरमा उनलाई बलात्कार गरेका थिए ।

प्रतिक्रिया