
यसरी निकालिँदै छ लेदोमा पुरिएका गाडीहरू, खुल्यो बीपी राजमार्ग (फोटोफिचर)
काठमाडौं – बीपी राजमार्ग खुलेसँगै लेदोमा पुरिएका गाडीहरू निकाल्ने प्रयास जारी रहेको छ ।
आइतबारको वर्षापछि आएको बाढीले अवरुद्ध राजमार्ग आज खुलेको हो । बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले केही गाडीहरुपनि पुरेको छ ।
कालढुंगामा लेदोले पुरेका चार वटा गाडी अहिले निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
गाडीसँगै त्यस ठाउँमा स्थानीयका केही पशु चौपाया पनि पुरिएको प्रहरीले जनाएको छ ।


तस्बिरहरूः सामाजिक सञ्जाल



कागजपत्र |
