टोपबहादुरलाई आज म्याद थपका लागि अदालत लगिने


काठमाडौं — नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पछिल्ला भिआईपी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आज म्याद थपका लागि जिल्ला अदालत लगिने भएको छ ।

आइतबार साँझ बुढानिलकण्ठ नगरपालिकाको पासिकोट भन्ने स्थानबाट पक्राउ परेका रायमाझीलाई आइतबार नै काठमाडौं परिसर लगिएको थियो ।

प्रहरीले आज उनको स्वास्थ्य परिक्षण गरेर म्याद थपका लागि जिल्ला अदालत लैजानुभन्दा अगाडि केही समय बयान लिने तयारी गरिरहेको छ ।

गत २० गते पक्राउ पूर्जी जारी भएता पनि उनी फरार रहेकै अवस्थामा आइतबारमात्र पक्राउ परेका हुन् ।

यसअघि यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डेलगायतका १२ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया