गद्धार सन्तानहरुले ईतिहासको कठघराबाट उत्तर दिनुपर्छ : मन्त्री किराँती


काठमाडौं – संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले साइरन बजाएर हिँड्ने मानिसहरु आज मानव तस्करको आरोपमा जेलको छिँडीमा पुगेको बताउँदै समय जहिले पनि बलवान हुने उल्लेख गरेका छन् ।

काठमाडौंको टुडिँखेलमा शनिबार थुलुङ राई सामा केन्द्रीय सरोकार समितिले आयोजना गरेको साकेला उभौली कार्यक्रममा मन्त्री किराँतीले नेपालकै सिंगो संस्कृति र सभ्यतालाई धोका दिने गद्धार सन्तानहरुले ईतिहासको कठघराबाट उभिएर उत्तर दिनुपने बताएका हुन् ।

उनले भने, ‘शक्तिलाई समयले खुमच्याउँदै लगिरहेको छ । आज पुषको १० गते गृहमन्त्री भएर साईरन बजाएर हाम्रो सडकमा हिँड्ने मानिसहरु नै आज मानव तस्करको आरोपमा जेलको छिँडीमा छन् । मानव भन्दा समय बलवान छ । यो सारा प्रश्नको जवाफ ईतिहासमा फटाहाहरुले नेपालकै सिंगो संस्कृति र सभ्यतालाई धोका दिने गद्धार सन्तानहरुले ईतिहासको कठघराबाट उत्तर दिनुपर्छ ।’

नेपाल र नेपालीको सबैभन्दा खतरनाक शत्रु भ्रष्टाचार भएको उल्लेख गर्दै मन्त्री किराँतीले भ्रष्टाचारले देशलाई छियाछिया पारेको बताए ।

उनले भने, ‘हामीसँग सँगै आन्दोलनमा कुममा कुम जोडेर हिँडने मानिसहरु त मानव तस्करमा पो लागेछन्, यो देशद्रोह हो, यो हाम्रो लागि सैह्य हुने छैन् । सारा भ्रष्टाचारीलाई एक एक गरेर फाईल खोलेर जेलमा आराम गराउँनुपर्छ बरु यो सरकार तीन दिन तीन महिना टिकोस् तर नेपाली जनतालाई धोका दिनेगरि भ्रष्टाचारीलाई संरक्षण गर्ने होईन्, ठूला फाईल खाल्ने आँट गर्नुपर्छ । ’

प्रतिक्रिया