
लिपुलेक र लिम्पियाधुराबाट भारतले आफ्ना फौज फिर्ता लैजानुपर्छ : वामदेव गौतम
काठमाडौं – राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन्।
सांसद गौतमले सो नेपाली भूभाग कुनै पनि हालतमा नेपालले फिर्ता लिनैपर्ने पनि बताए। भारतले नेपालको धेरै भूगोल मिचेको उल्लेख गर्दै उनले त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तर्राष्ट्रिय कानुनहरुले पनि सहयोग गर्ने स्पष्ट पारे।
नेपालको सिंगो संसदमा सबै राजनीतिक दलहरुको सर्वसम्मतिले पारित गरेर नेपालले आफ्नो नक्शामा समावेश गरेको कुरा विश्वलाई नै जानकारी भएको उल्लेख गर्दै सांसद गौतमले त्यसमा भारतले मिचाहा प्रवृत्ति देखाउन नमिल्ने पनि पटकपटक दोहो¥याए।
शनिबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारी र डा। अच्युत गौतमद्वारा संयुक्त रुपमा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सो भूभाग नेपालको हो भन्ने कुरामा कुनै दुविधामा पर्न नहुने स्मरण गराए।
सांसद गौतमले नेपाल कहिल्यै कसैको अधिनमा नरहेको चर्चा गर्दै आफ्ना मिचिएका भूभागहरु फिर्ता लिएरै छोडनेसमेत बताए।



कागजपत्र |
