इमरान खानलाई दुई हप्ताका लागि धरौटीमा रिहा गर्न आदेश


काठमाडौं – पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दुई हप्ताका लागि धरौटीमा रिहा गर्न आदेश भएको छ। इस्लामबाद उच्च अदालतले शुक्रबार अल-कादिर ट्रस्ट प्रकरणमा दुई हप्ताको लागि धरौटीमा रिहा गर्द आदेश दिएको हो।

मियांगुल हसन औरंगजेब र समन रफत इम्तियाजको संयुक्त इजलासले इस्लामाबादको क्षेत्राधिकारमा दर्ता भएका कुनै पनि मुद्दामा मे १७ सम्म पक्राउ नगर्न अधिकारीहरूलाई रोकसमेत लगाएको छ।

पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई)का अध्यक्षसमेत रहेका उनको मुद्दामाथि सुनुवाई भएको थियो।

पूर्व प्रधानमन्त्री खानलाई मंगलबार अदालत परिसरबाट पक्राउ गरिएको थियो। दुई दिन हिरासतमा रहेका उनलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको थियो।

प्रतिक्रिया