

एटलान्टा कोपा इटालियाको फाइनलमा

काठमाडाैं – गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा नापोलीलाई ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ३-१ को अग्रता सहित एटलान्टा यस बर्षको कोपा इटालियाको फाइनलमा पुगेको हो ।
एटलान्टाको जितमा माटेएओ पेस्सिनाले दुई गोल गरेका थिए भने डुभान जपाटाले एक गोल गरेका थिए । त्यस्तै नापोलीका लागि ह्रिभिंग लोजानोले एक गोल फर्काएका थिए ।
योसँगै अब एटलान्टा कोपा इटालियाको उपाधिका लागि युभेन्टससँग भिड्ने भएको छ । युभेन्टसले यस अघि नै इन्टर मिलानलाई पराजित गर्दै कोपा इटालियाको फाइनलमा पुगिसकेको छ । अब फाइनल खेल आगामी मे १९ मा हुने छ ।
अहिलेसम्म कोपा इटालियाको उपाधि सबै भन्दा धेरै पटक जित्ने टिम युभेन्टस हो । युभेन्टसले १३ पटक यो उपाधि जितेको छ भने फाइनलमा पुगेको एटलान्टाले यस अघि सन १९६३ मा एक पटक मात्र यो उपाधि जितेको छ ।

