

६ हप्तामा ट्वीटरले नयाँ सीईओ पाउँछ : एलन मस्क

काठमाडौं – एलन मस्कले ट्वीटरका लागि नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) फेला पारेको जनाएका छन् । एक ट्वीट गर्दै मस्कले सीईओका लागि आफूले खोजेको जस्तै मान्छे फेला पारेको बताएका हुन् । तर उनले ती व्यक्ति को हुन् भन्ने कुरा खुलाएका छैनन् ।
यता द वाल स्ट्रीट जर्नलले भने एनबीसी युनिभर्सलकी विज्ञापन प्रमुख लिन्डा याकारिनो ट्वीटरको नयाँ सीईओ बन्ने लेखेको छ । यद्यपि मस्कले यसबारे केही बताएका छैनन् ।
उनका अनुसार ट्वीटरको नयाँ सीईओले अबको छ हप्ताभित्रमा कार्यभार सम्हाल्नेछन् । दुई महिनाअघि उनले ट्वीटर ह्यान्डलमा आफू सीईओबाट हट्नु ठीक छरछैन भन्ने पोल क्रियट गरेका थिए । उक्त भोटिङ पोलमा १७ लाख अकाउन्ट सहभागी थिए । जसमध्ये ५७ प्रतिशतले सीईओबाट मस्क हट्नुपर्ने प्रतिक्रिया दिएका थिए ।
त्यसपछि उनले आफूजस्तै कोही मूर्ख भेट्टाएपछि सीईओ पदबाट राजीनामा दिने घोषणा गरेका थिए । नयाँ सीईओ नियुक्तिपछि मस्क प्रमुख प्राविधिक अधिकारी ९सीटीओ०को भूमिका रहने बुझिएको छ ।

