सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो


काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज तोलामा ८ सय रुपैयाँले घटेर सुन तोलामा १ लाख १० हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार भने छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले घटेर १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी आज चाँदी भने तोलामा ५५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया