

अमृतसर विस्फोट : पाँच पक्राउ

पञ्जाब – बिहीबार बिहान अमृतसरको गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिकै भएको विस्फोटमा पाँच षड्यन्त्रकारीलाई पक्राउ गरिएको छ । ट्विटरमा पञ्जाबका प्रहरी महानिदेशक (डीजीपी) गौरव यादवले घटनामा संलग्न पाँच जनालाई गिरफ्तार गरेर मुद्दा चलाएको बताएका छन् ।
उनले विस्फोटका बारेमा पत्रकार सम्मेलन आयोजना गरेर विस्तृत जानकारी सार्वजनिक गरिने बताएका छन् । बिहीबार बिहान अमृतसरको गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिकै विस्फोट भएको आवाज सुनिएको थियो । यो एक हप्तामा वरपर चकित पार्ने तेस्रो विस्फोट थियो ।
बिहीबार बिहान करिब १२.३० बजे विस्फोट भएको थियो । पञ्जाब प्रहरी स्रोतका अनुसार विष्फोटको उद्देश्य शान्ति खलल पार्ने थियो । ‘पटाखामा प्रयोग हुने विस्फोटक पदार्थ विस्फोटमा प्रयोग गरिएको थियो’, स्रोतले एएनआईलाई बताएको छ ।
यद्यपि घटनामा कुनै मानवीय क्षति भने भएको छैन । पत्रकारहरूसँग कुरा गर्दै प्रहरी आयुक्त नौनिहाल सिंहले यसअघि भने, ‘बिहान १२.१५–१२.३० बजे ठूलो आवाज सुनिएको थियो । अर्को विस्फोट हुनसक्ने आशङ्का छ । यसको पुष्टि हुन बाँकी छ । ‘शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ,’ उनले भने । श्री गुरु राम दास निवास सबैभन्दा पुरानो ‘सराई’ (लज) हो । प्रहरी र फरेन्सिक टोली घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको छ ।

