शरणार्थी प्रकरणमा अनुसन्धानले दोषी देखाएकालाई प्रहरीले छोड्दैन : गृहमन्त्री


काठमाडौं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा क्रममा संलग्न देखिएका सबैलाई अनुसन्धानको दायरामा ल्याइने बताएका छन् ।

सिंहदरबारमा दलका शिर्ष नेताहरुसँगको छलफलपछि पत्रकारहरु प्रतिक्रिया दिंदै गृहमन्त्री श्रेष्ठले उक्त ठगी प्रकरणमा अनुसन्धानले दोषी देखाएका कसैलार्ई प्रहरीले नछोड्ने बताएका हुन् ।

‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा आर्थिक रूपमा संगठित ठगी भएको देखिएको छ,’ पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘अनुसन्धानको प्रक्रिया अगाडि बढेको छ। अनुसन्धानले माग गर्ने हदसम्म विभिन्न व्यक्तिहरू तानिनुभएको छ।’

गृहमन्त्री श्रेष्ठले निष्पक्ष ढंगले अनुसन्धान अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्‍याउन लागि परेको बताउँदै भने, ‘असन्धानले जसलाई दोषी देखाउँछ, त्यसलाई प्रहरीले छोड्दैन।’

गृहमन्त्री श्रेष्ठले पूर्वमा भएको आक्रमणका सन्दर्भमा कुराकानी गर्दै आफूले केही दिन एमाले अध्यक्ष केपी ओलीलाई निवासमै भेटको र नक्कली शरणर्थी प्रकरणको छानविनमा सहयोग मागेको समेत जानकारी दिए।

प्रतिक्रिया