

देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रिय सदस्य बालकृष्ण खाँण पक्राउ परेपछि देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका हुन् ।
बैठक साझ धुम्बाराहीस्थित देउवा निवासमै बस्नेगरी नेताहरुलाई बोलाएको छन् । छलफलको विषय सार्वजनिक गरिएको छैन । आज उनको निवासबाट पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका खाँणलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

