बालकृष्ण पक्राउ परेपछि श्रीमती मञ्जु सम्पर्कविहीन


काठमाडौं – पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनकी पत्नी मञ्जु खाँण सम्पर्कविहीन भएकी छन्।  नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँण पक्राउ परेको पाँच घण्टा बित्दा पनि मञ्जु सम्पर्कमा नआएकी हुन् ।

प्रहरील बालकृष्णलाई आज (बुधबार) बिहान चाबहिलको मैजुबहालस्थिन निवासबाट पक्राउ गरेका हुन् । उनलाई पक्राउ गर्न प्रहरी पुग्दा मञ्जु घरमा थिइनन् । त्यसबखत बालकृष्ण र उनका सहयोगी नरेन्द्र केसी मात्रै घरमा थिए ।

अहिले उनको मोबाइल मञ्नुको फोनसमेत बन्द छ । उनी सम्पर्कविहीन भइरहँदा प्रतिनिधिसभामा सरकारका नीति तथा सिद्धान्तमाथि छलफल चलिरहेको छ।

आरजु र मञ्जुलाई साढे ८ करोड बुझाएको अडिओ जाहेरवालाले प्रहरीलाई दिएका थिए । नक्कली शरणार्थी प्रकरणमा मञ्जुले पनि साढे ६ करोड रुपैयाँ बिचौलियाबाट लिएको अडिओ केही दिनअघि सार्वजनिक भएको थियो।

उनीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पनि अढाई करोड रुपैयाँ बुझेको विवरण उक्त अडिओमा थियो। उक्त प्रकरणमा मुछिन पुगेपछि मञ्जु अहिले पति बालकृष्ण र प्रहरीको पनि सम्पर्कबाहिर रहेकी हुन् ।

हालसम्म प्रहरीले यो प्रकरणका १२ जनालाई पक्राउ गरिसकेको छ। पछिल्लो पटक खाँण समातिएका हुन् । यसै प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पनि प्रकहरीले पक्राउ पुर्जी जारी गरीसकेको छ । उनी पनि बैशाख २० गतेदेखी फरार रहेका छन् । पक्राउ पुर्जी जारी भएको लामो समयसम्म पनि पक्राउ नपरेपछि हिजो मंगलबार उनको निवासमा प्रहरीले खानतलासी गरेका थिए ।

प्रतिक्रिया