‘फरार’ सांसद रायमाझीले लेखे ससंदलाई पत्र, ‘बिरामी भएर अस्पतालमा छु’


काठमाडौं – नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीले संसद सचिवालयमा पत्र पठाएका छन् ।

स्वकिय सचिवको हस्ताक्षर रहेको पत्रमा आफू बिरामी भएको जानकारी गराउँदै रायमाझीले संसद् सचिवालयलाई पत्र पठाएको जनाइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि फरार रहेका रायमाझी विगत ४ दिनदेखि फरार रहेका छन् । रायमाझीले बिरामी परेकाले बिदा जनाइदिन आग्रह गरेर पत्र पठाएको जनाइएको छ । तर उक्त पत्र संसदीय सचिवालयमा दर्ता भने नभइसकेको जनाइएको छ ।

एमाले सचिवसमेत रहेका रायमाझीलाई पार्टीले पदबाट निलम्बन गरिसकेको छ ।

सोही प्रकरणमा रायमाझीका छोरा पक्राउ परिसकेका छन् भने बुधबार मात्रै पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया