भ्रष्टाचारको नाममा सबैलाई एकै घानमा हाल्नु हुँदैन : विनोद चौधरी


काठमाडौँ – नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भ्रष्टाचारका कारण आम नागरिक पीडित बनेको बताएका हुन् ।

भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भएको र भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भएको छ । विकासका काम रोकिएका छन् । भ्रष्टाचारको नाममा कुरा नमिल्दा अड्किएका छन् । सबैलाई एकै घानमा हाल्नु हुँदैन । सबै प्रक्रियालाई पारदर्शी बनाउनुपर्छ ।’

प्रतिक्रिया