खाँण पक्राउ परेपछि रविले दिए प्रधानमन्त्रीलाई धन्यवाद


काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद दिएका छन् ।

खाँण पक्राउ परेको समाचार बाहिरिएलगत्तै लामिछानेले फेसबुकमा एक स्टाटस लेख्दै प्रधानमन्त्री, गृहमन्त्रीका साथै नेपाल प्रहरीलाई पनि धन्यवाद दिएका छन् ।

उनी लेख्छन्,धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु। यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।

प्रतिक्रिया