जसपाको केन्द्रीय कार्यकारिणीको बैठक बस्दै


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ।

बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बोलाइएको केन्द्रीय कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए।

‘बैठक विधान अधिवेशनको तयारीका लागि र समसामयिक विषयमा पनि छलफल हुने अधिकारीले बताए ।

जसपाले यही जेठ १, २, र ३ गते विधान अधिवेशन गर्दैछ। काठमाडौंमै हुने विधान अधिवेशनको तयारी नै आजको बैठकको कार्यसूची भएको उनले बताए।

त्यस्तै आजको बैठकमा जसपाको भागमा परेको मन्त्रालयमा मन्त्री पठाउनेबारे पनि छलफल हुने उनको भनाइ छ। मौजुदा मन्त्रिपरिषद्मा वन तथा वातावरण मन्त्रालयमा मन्त्री तोकिएको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै उक्त मन्त्रालय हेर्दै आएका छन्।

सरकारमा जसपाको तर्फबाट अशोककुमार राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री छन्।

प्रतिक्रिया