


पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु

पाल्पा – पाल्पाको रामपुर नगरपालिका-५ भम्बकमा करेन्ट लागेर एक जनाको मृत्यृु भएको छ ।
रामपुर नगरपालिका-५ भम्बकका ३४ वर्षीय गोविन्द कुमालको घर नजिकै बारी छेउमा रहेको काब्रोको रूखमा चढेर घाँस काट्ने क्रममा करेन्ट लागेर मुत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार रूखबाट नजिकै रहेको बिजुलीको नाङ्गो तारमा अड्किएको घाँसको डालो झार्ने क्रममा अचानक करेन्ट लागेको थियो। गम्भीर घाइते उनको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

