

प्रतिनिधिसभाको बैठक ३० मिनेटका लागि स्थगित

काठमाडौं – प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
बैठक ३० मिनेटका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले बताए ।
अर्थमन्त्री डा. प्रकाशशरण महत राष्ट्रियसभा विनियोजित विधेयकमाथिका सिद्धान्त र प्राथमितामा उठेका विषयमा जवाफ दिन जानुपर्ने भएकाले बैठक स्थगित भएको हो ।
प्रतिनिधिसभामा पनि प्रिबजेटबारे छलफल भइरहेको छ ।

