प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरू


काठमाडौं- प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा रहेका छन्।

उनीहरुका बीचमा बजेट र सरकारको आगामी नीति तथा कार्यक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिहान साढे ९ बजेदेखि बालुवाटारमा शीर्ष नेताहरुको बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए। उनीहरुको बीचमा संसदीय सुनुवाइ समिति गठन, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र संसदमा देखिएको बहसका विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया