

क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया सफल

काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया सफल भएको छ।
लामिछानेले सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिँदै लामो समयपछि शल्यक्रिया सफल भएको र छिट्टै खेलमा फर्किने बताएका छन्।
उनले शल्यक्रियामा संलग्न चिकित्सकलाई धन्यवाद पनि दिएका छन्।
The surgery was successful after a long wait. Thank you everyone for the wishes. Hope to get back to the field very soon!🙏 pic.twitter.com/3ECU2L9XYj
— Sandeep Lamichhane (@Sandeep25) May 8, 2023

