
कैलालीमा एक कुखुरा फर्ममा आगलागी
धनगढी – कैलालीमा एक कुखुरा फर्ममा आगलागी भएको छ ।
जोशीपुर गाउँपालिका–५ बनकट्टामा रामप्रसाद चौधरीको कुखुरा फर्ममा आगलागी भएको हो ।
गहुँको भुसामा लगाएको आगोबाट आगो सल्किएर आइतबार दिउँसो फर्ममा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको कैलाली प्रहरीको भनाइ छ ।



कागजपत्र |
