

ल्यान्डिङ गेयरमा समस्या देखिएपछि श्री एयरको ‘९एन एएनई’ जहाज ग्राउन्डेड

काठमाडौं – अगाडिको ल्यान्डिङ गेयरमा समस्या देखिए पछि श्री एयरलाइन्सको विमान ग्राउन्डेड गरिएको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार श्री एयरलाइन्सको ९एन–एएनई विमानमा गत शनिबार र आज सोमबार सोही समस्या दोहोरिएपछि विमान ग्राउन्डेड गरिएको हो ।
सोमबार बिहान भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको उक्त जहाजको ल्यान्डिङ गेयरमा समस्या आएपछि २० मिनेटपछि भैरहवामै फर्काएर ल्यान्ड गरिएको थियो । ल्यान्डिङ गियरमा देखिएको समस्याले रनवेमै जहाज अड्किदा झण्डै ५० मिनेट विमानस्थल अवरुद्ध भएको थियो ।

